
बिएल संवाददाता
विश्वकपबाट स्पेन अपमानजनक रुपमा बाहिरिएपछि लुइस एनरिकेले प्रशिक्षक पदबाट राजीनामा दिएका छन्।
अन्तिम १६ मा पेनाल्टीमा मोरक्कोसँग पराजित भएपछि स्पेन विश्वकपबाट बाहिरिएको ४८ घण्टाभन्दा कम समयमा म्यानेजर लुइस एनरिकले जागिर छोडेका हुन्।
बार्सिलोनाका पूर्व प्रशिक्षकको अनुबन्ध यस वर्षको अन्त्यमा सकिँदै थियो र उनको स्थानमा अहिले स्पेनको अन्डर-२१ प्रशिक्षक लुइस डे ला फुइन्टेलाई नयाँ प्रशिक्षको रुपमा नियुक्त गरेका छन्।
स्पेन राष्ट्रिय फुटबल टोलीका नयाँ प्रशिक्षक फुइन्टेले यसअघि स्पेनको यू–१९, २१ र २३ गरी तीनवटा युवा राष्ट्रिय टोली सम्हालिसकेका छन्।
यसको साथै उनले एथ्लेटिक बिल्बाओ, सेभिल्ला, डेपोर्टिभो अल्भेजजस्ता क्लबहरुमा समेत प्रशिक्षण दिइसकेका छन्।
एक विज्ञप्तिमा जारी गर्दै स्पेनिस फुटबल एसोसिएशनले भन्यो, 'रोयल स्पेनिस फुटवल फेडेरेसनले पछिल्ला केही वर्षहरूमा लुइस एनरिक र उनका प्रशिक्षक स्टाफलाई राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेकोमा धन्यवाद दिन चाहन्छ।'
आफ्नो कार्यकालमा एनरिकले आफ्नी नौ वर्षीया छोरी जानाको दुखद मृत्युको सामना गरेका थिए। पदमा फर्केर र यूरो २०२० को सेमिफाइनलमा स्पेनलाई मार्गदर्शन गरेपछि, ५२ वर्षीयाले कतारमा हुने विश्वकपमा आफ्नो राष्ट्रलाई गहिरो दौडमा लैजान सुझाव दिए। तर मंगलबार ला रोजा एकतर्फी ०-० को बराबरीमा रोकिएपछि राउन्ड अफ १६ मा अन्डरडग मोरक्कोसँग पेनाल्टीमा हार बेहोरेका थिए।
त्यसपछिको शुटआउटमा स्पेनले तीनवटा पेनाल्टी शुटआउट लगातर गुमाएको थिए। त्यस लगत्तै एनरिकले हारको जिम्मेवचारी लिदैँ र परिणाममा आफ्नो प्रस्थानको संकेत दिएका थिए।
'अर्को हप्ता हामी मेरो भविष्यको बारेमा छलफल गर्नेछौं, अहिले यो सही समय होइन' आफ्नो कारण खेल हारेको स्वीकार गर्दै उनले भने, 'म जिम्मेवार हुँ।'
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया