हिमाल खबर
एक दुई वर्षअघि तीन सयको हाराहारीमा पाइने पुस्तक अहिले दोब्बर महँगो हुँदा पाठक त मर्कामा परेका छन् नै यसले पठन संस्कृतिमा पनि असर परेको छ।
भक्तपुरको गठ्ठाघरका नवीन थापा अचेल पहिले जस्तो पुस्तक किन्न जाँदैनन्। उनले पुस्तक किन्न कन्जुस्याँइ गर्नुको एउटै कारण हो, पुस्तकको बढ्दो मूल्य। बरू अनलाइन बजारका ‘अफर’ कुर्ने गरेको उनी बताउँछन्। “कुन अनलाइनले छूटको अफर ल्याउँछ भनेर हेर्छु,” थापा भन्छन्।
केही समय अघिसम्म हाराहारी २५० पृष्ठको पुस्तकको मूल्य तीन सय रुपैयाँ आसपास हुन्थ्यो। अचेल त्यही आकारको पुस्तकको मूल्य ६(७ सय पुगेको छ। मूल्य बढेकाले पुस्तकको लागि बजेट अपुग भएको थापा सुनाउँछन्। “पहिले पाँच(सात सयमा अंग्रेजी किताब पाइन्थ्यो भने तीन सय हाराहारीमा राम्रै नेपाली किताब पाइन्थे,” उनी भन्छन्, “अचेल मोल बढेर विदेशी पुस्तक किन्नै गाह्रो हुन थालिसक्यो भने नेपाली पुस्तक पनि सस्ता छैनन्।”
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया