प्रदेश १ मा सरकार बनाउन एमालेलाई समर्थन गर्ने माओवादीको निर्णय

File Photo
File Photo

प्रदेश १ को सरकार गठनमा नेकपा माओवादी केन्द्रले एमालेलाई सहयोग गर्ने भएको छ।

आइतबार दिउँसो बसेको माओवादी संसदीय दलको बैठकले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी एक संसदका अनुसार माओवादीले एमाले नेतृत्वमा सरकारमा जाने र मुख्यमन्त्रीमा दाबी पेश गरेपछि मात्रै पार्टीबाट सरकारमा कसलाई पठाउने भन्ने विषयमा छलफल गर्ने छ।

मुख्यमन्त्री नियुत्ति भएपछि मात्र माओवादीले संसदीय दलको उपनेता र प्रमुख सचेतक चयन गर्ने ती संसदले बताए।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दिउँसो ४ बजे प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति: : 2023-01-08 14:46:00

प्रतिकृया दिनुहोस्