हिमाल खबर
लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ बडेरास्थित धन्याञ्चल माध्यमिक विद्यालय (मावि)मा साढे सात सय विद्यार्थी छन्। ३५ शिक्षक रहेको विद्यालयमा मावि तहका एक, निम्न माध्यमिक विद्यालय (निमावि) तहका एक र प्राथमिक विद्यालय (प्रावि) तहका ६ जना मात्र स्थायी शिक्षक छन्। मावि र निमाविका शिक्षक पनि काजका हुन्। बाँकी रहेकामध्ये ६ जना राहत र २१ जना निजी स्रोत (विद्यालय व्यवस्थापन समितिले तलब दिने गरी राखिएका) का शिक्षक हुन्।
सुदूरपश्चिम प्रदेशको बैतडीको सिगास गाँउपालिका-९ मा रहेको नीलपाल आधारभूत विद्यालयमा १५० भन्दा बढी विद्यार्थी छन्। उक्त विद्यालय प्रावि तहका दुई, अनुदानका एक र निजी स्रोतका पाँच जना शिक्षक छन्। गण्डकी प्रदेशको बागलुङको जैमिनी नगरपालिका-५ मा रहेको सर्वोदय जनक माविमा ३४२ विद्यार्थी छन्। यस विद्यालयमा विद्यार्थी अनुपातमा दरबन्दीका शिक्षक छैन। यस विद्यालयमा मावि तहका दुई‚ निमावि तहका तीन र प्रावि तहका पाँच शिक्षक छन्। केही शिक्षक राहतका र निजी स्रोतका छन्। मावि तहका गणित शिक्षक नभएकाले निमावि तहका शिक्षकले पढाउँदै आएका छन्।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया