‘१३औँ खुम्बु ल्होसार कप’लाई दर्जनौँ संस्थाकाे साथ

शेर्पा समुदायको महान चाड ग्याल्पो ल्होसार अर्थात् नयाँ वर्षको अवसरमा आयोजना गर्न लागिएको १३औँ खुम्बु ल्होसार कपलाई दर्जनौँ सहयोगी संस्थाले साथ दिने भएका छन्।

यही माघ २८ देखि फागुन ६ गतेसम्म काठमाडौँको ज्ञानेश्वरमा अवस्थित सानोगौचरण खेलकुद मैदानमा हुने प्रयोगितामा विभिन्न संघ संस्थाले साथ दिने सम्झौता भएको आयोजक खुम्लुङ युवा क्लबले जनाएको छ।

आयोजक खुम्जुङ युवा क्लबकाअनुसार सोही प्रतियोगिताको सह–आयोजकको रुपमा खुम्बु पासाङ ल्हामु गाउँपालिका रहने छ। भने, प्रायोजकहरु एभरेष्ट लिंक, एसियन ट्रेकिङ, यु एस शेर्पा, हेली एभरेष्ट, नेपाल एअर लिंक, यक ब्रेविङ्, सगरमाथा मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र नेपाल पर्वात्तारोहण संघ रहेका छन्।

त्यस्तै सह–प्रायोजकमा एक्सपिडिसन सञ्चालक संघ नेपाल, डप बार एण्ड किचन, खुम्जुङ महिला समूह, खुम्बिला संरक्षण प्रतिष्ठान, शेर्पा ब्रिवारी, एडभेन्चर ६०००, अल्टिच्युड एअर, सगरमाथा नेक्स्ट, निर्माण संसार, स्वाकन अस्पताल, सिम्रिक एअर, द एडेलवेइस फेरिचे र सगरमाथा प्रदुषण नियन्त्रण समिति रहेका छन्।

त्यसैगरी बैंकिङ पार्टनरको रुपमा नबिल बैंक, सिद्धार्थ बैंक र कुमारी बैंक रहेका छन। भने, किट पार्टनरमा के टि एम सिटी, आउटफिट पार्टनरमा लुक्ला आउटडोर र मेडिकल पार्टनरमा ह्याम्स अस्पताल रहने गरी सम्झौता भएको आयोजकले जनाएको छ।

साथै प्रतियोगिताको मेडिया पार्टनरमा हिमाल एफ एम र सोलु एफ एम रहेको र ब्रोडकस्टिङ्ग पार्टनरका रुपमा गोलनेपाल डट कम रहने छन्। गोलनेपाल डटकमले प्रतियोगिताका सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रसारण गर्ने छ।

शेर्पा पनारोमा होटेल्स, न्यु इबिसी गेष्ट हाउस–लोबुचे, हाइजेनिक इन्टरप्राइजेज, मनाङ एअर, शेर्पा बरिष्ट नाम्चे, ग्लोरी अफ नेपाल, फिष्टेल एअर, जुन एडुकेशनल कन्सल्टेन्सी, माउन्ट कैलाश लज– मोंजो, हाम्रो प्रि स्कुल, ट्रेक्कर्स– ट्रेक फुड, प्रभु हेलीकप्टर र कलाइम्बालयमा समर्पित व्यक्तिहरुले प्रायोजक, सहप्रयोजक र सहयोगीदाताको रुपमा पनि समर्थन गर्ने आयोजकले जानकारी दिएको छ।

८ टिम सहभागी प्रतियोगितामा १५ खेल हुनेछन्।

प्रकाशित मिति: : 2023-02-04 18:17:00

प्रतिकृया दिनुहोस्