चालू खर्च कटौतीका लागि कार्यदलले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन

फाइल तस्बिर
फाइल तस्बिर

चालू खर्च कटौतीसम्बन्धी कार्यदलले आज बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकाराम जमकट्टेलाई प्रतिवेदन बुझाएको छ।

मुख्यमन्त्रीको कार्यालयमा कार्यदलले आज प्रतिवेदन बुझाएको हो। प्रदेशमन्त्री परिषद्को यही माघ १० गतेको निर्णयानुसार उक्त कार्यदल गठन गरिएको थियो। उक्त कार्यदल आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्यको संयोजकत्वमा चार सदस्यीय थियो।

कार्यदलको प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री जमकट्टेलले प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गरिने बताए।

उनले प्रतिवेदनमा औँल्याइएका विषयलाई प्रदेशका सबै निकायले कार्यान्वयन गर्ने र त्यसका लागि आवश्यक निर्देशन दिइने उल्लेख गरेको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिए।

मुख्यमन्त्रीले कम्तीमा पनि १५ प्रतिशत चालू खर्च कटौती गर्ने बताएका छन्। 

प्रकाशित मिति: : 2023-02-05 19:58:00

प्रतिकृया दिनुहोस्