बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यत्तिलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
आइतबार रविले पत्रकार सम्मेलन गरेर सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक धम्की दिएको भन्दै महासंघले आपत्ति जनाएको हो।
उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका उनले संयम गुमाएर अभिव्यक्ति दिएको महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै बताएका छन्।
‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रुपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुन सक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ। उनको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् लामिछाने र रास्वपाले लिनुपर्ने छ’, विज्ञप्तिमा भनिएको छ।

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया