
बिएल संवाददाता
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर दुईदिने नेपाल भ्रमणका क्रममा काठमाडौैं आइपुगेकी छिन् ।
उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्याललगायतसँग भेट्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) जनाएको छ ।
भोलि अमेरिका फर्कनुअधि उनले नेपालका केही चुनिएका नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी र सरकारी अधिकारीसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।
भेटघाटका क्रममा पावरले नेपाल सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने बताइएको छ । उनको भ्रमणको मूल एजेण्डा नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउने प्रयास र उपलब्धीका विषयमा छलफल गर्दै वर्तमान सरकारसँगको सम्बन्धलाई सुमधुर बनाउने बताइएको छ ।
संयुक्त राष्ट्रसंघ (यूएन) का लागि अमेरिकी राजदूत रहिसकेकी पावर बर्तमान बाइडेन प्रशासनमा क्याविनेट स्तरकी अधिकारी हुन् । उनी सन् २०२१ को मे ३ मा यो पदमा नियुक्त भएकी हुन् ।
प्रचण्ड सरकार गठनपछि कुनै पनि देशबाट नेपालमा भएको यो नै सबैभन्दा उच्चस्तरीय भ्रमण हो । अमेरिकी विदेशमन्त्रालयमा राजनीतिक मामिलाकी उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेको एक साता नपुग्दै उनी नेपाल भ्रमणमा निस्केकी हुन् । यसअघि नेपालको भ्रमण गर्ने क्याविनेट स्तरका अधिकारी तत्कालीन विदेशमन्त्री कोलिन पावेल हुन् । उनले सन् सन् २००२ मा नेपालको औपचारिक भ्रमण गरेका थिए ।
यूएएआईडीमार्फत् विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गरिरहेकी समान्था पावर दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउँदै छिन् । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यही उच्च तहको भ्रमण हो । अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेको एक साता नपुग्दै उनी नेपाल भ्रमणमा निस्केकी हुन् ।
कुनै समय युद्ध संवाददाता रहेकी आइरिस मूलकी पावर पुलित्जर पुरस्कार विजयी पत्रकार/ लेखक हुन् । अमेरिकी विदेश नीतिमाथि वस्तुनिष्ठ टिप्पणी गर्ने उनी त्यसका लागि कूटनीतिकवृतमा चर्चित छिन् । उनका कतिपय टिप्पणीहरू अमेरिकी विदेश नीतिलाई नै कठघरामा उभ्याउने खालका हुन्छन् ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया