बाह्रखरी
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशका लागि न्यायपरिषद्बाट सिफारिस उच्च अदालतकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित सेवा–निवृत्त भएकी छन् ।
पाँच महिनाअघि नै सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस तीन जनालाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथग्रहण नगराउँदै न्यायाधीश दीक्षित उमेरका कारण मंसिर १७ देखि निवृत्त भएकी हुन् ।
कामु प्रधानन्यायाधीश कार्की स्वयम्को पदावधि पनि करिब सात महिना मात्र बाँकी छ । उनी आगामी भदौ २५ गते ६५ वर्ष पूरा भई सेवा–निवृत्त हुँदै छन् ।
कामु प्रधानन्यायाधीश कार्कीलाई करिब दुई महिनाअघि मंसिर २७ मै ‘कन्फर्म’ प्रधानन्यायाधीश हुने बाटो खुलिसकेको थियो तर उनी कहिले प्रधानन्यायाधीश हुने हुन्, अझै अनिश्चित छ ।
तत्कालीन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा उमेर हदका कारण ०७९ मंसिर २७ मा बिदा भएपछि कार्कीलार्ई त्यसै दिनदेखि प्रधानन्यायाधीश हुन बाटो खुलेको थियो तर सर्वोच्च अदालतभित्रै संसदीय सुनुवाई गरेपछि मात्र न्यायाधीश नियुक्त हुनसक्ने कि सुनुवाई नभए पनि ४५ दिनपछि स्वतः शपथग्रहण गराउन मिल्ने भन्ने दुईथरि मत छ ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया