बाह्रखरी
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशका लागि न्यायपरिषद्बाट सिफारिस उच्च अदालतकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित सेवा–निवृत्त भएकी छन् ।
पाँच महिनाअघि नै सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस तीन जनालाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथग्रहण नगराउँदै न्यायाधीश दीक्षित उमेरका कारण मंसिर १७ देखि निवृत्त भएकी हुन् ।
कामु प्रधानन्यायाधीश कार्की स्वयम्को पदावधि पनि करिब सात महिना मात्र बाँकी छ । उनी आगामी भदौ २५ गते ६५ वर्ष पूरा भई सेवा–निवृत्त हुँदै छन् ।
कामु प्रधानन्यायाधीश कार्कीलाई करिब दुई महिनाअघि मंसिर २७ मै ‘कन्फर्म’ प्रधानन्यायाधीश हुने बाटो खुलिसकेको थियो तर उनी कहिले प्रधानन्यायाधीश हुने हुन्, अझै अनिश्चित छ ।
तत्कालीन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा उमेर हदका कारण ०७९ मंसिर २७ मा बिदा भएपछि कार्कीलार्ई त्यसै दिनदेखि प्रधानन्यायाधीश हुन बाटो खुलेको थियो तर सर्वोच्च अदालतभित्रै संसदीय सुनुवाई गरेपछि मात्र न्यायाधीश नियुक्त हुनसक्ने कि सुनुवाई नभए पनि ४५ दिनपछि स्वतः शपथग्रहण गराउन मिल्ने भन्ने दुईथरि मत छ ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया