
बिएल संवाददाता
बङ्गलादेशमा जारी साफ यु- २० च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश भिड्दै छन्। खेल साँझ ५:४५ बजेबाट सुरु हुनेछ।
बङ्गलादेश ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भुटानलाई ५–० ले पराजित गर्दै फाइनलमा पुगेको थियो। भने, नेपालले भारतलाई ३-१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेकाे हाे।
नेपाल र बङ्गलादेश उद्दाघटन खेलमा प्रतिस्पर्धा गरेका थिए, जहाँ आयोजक राष्ट्र बङ्गलादेशले नेपाललाई ३- १ ले हराएको थियो। आज हुने फाइनलमा खेलमा नेपालले बङ्गलादेशसँग व्यहोरेको हारको बदला लिन चाहन्छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया