कुख्यात अमेरिकी सिरियल किलरः जो मृत शरीरसँग यौन सम्बन्ध राख्थे

BreaknLinks
BreaknLinks

तपाईंहरूले अपराधकाे दुनियाँमा सिरियल किलिङ, बलात्कार तथा चाेरीका घटना त सुन्नुभएकै हाेला। तर के मानवकाे मृत शरीरसंग यौन सम्बन्ध राखेकाे सुन्नुभएकाे छ? सुन्दा अचम्म लाग्न सक्छ, मृत शरीरसंग यौन सम्बन्ध राख्ने कुरा। तर याे घटना वास्तविक हाे। जसलाई 'नेक्रोफिलिया' भनिन्छ।

के हाे नेक्रोफिलिया?

नेक्रोफिलिया पूर्ण रूपमा असमान्य गतिविधि हो। यसअन्तर्गत मानवकाे शवसंग यौन सम्बन्ध राख्ने कार्य हुन्छ। नेक्रोफिल्सहरू यौन आवश्यकताहरू पूरा गर्न यो गतिविधि गर्दछन्। किनकि उनीहरू मृत शरीरसंग यौन सम्बन्ध राखेपछि मात्र शान्त हुने गर्दछन्।

हुन त यस प्रकारकाे गतिविधि विश्वकाे सबै देशहरूमा कानुनविपरीत रहेकाे मानिन्छ। तर पनि विश्वका समाजमा यस्ता नेक्रोफिलियक छन्। जसले एक दशककाे अवधिमा ३० भन्दा बढी महिलाकाे हत्या गरी शारीरिक सम्बन्ध राखेका थिए। यस्तै नेक्रोफिलियकमध्येका एक हुन्- टेड बन्डी।

काे हुन् टेड बन्डी?

टेड बन्डीकाे वास्तविक नाम थिओडोर रोबर्ट बन्डी हाे। टेडकाे जन्म सन् १९४६ मा संयुक्त राज्य अमेरिकामा भएकाे थियाे। उनी सन् १९७० दशककाे अमेरिकी सिरियल किलरमध्येका सबैभन्दा कुख्यात किलर हुन्। जसले एक दशकमा ३० भन्दा बढी महिलाहरूकाे हत्या गरी बलात्कार गरेका थिए। र टेडलाई सन् १९८९ मा विद्युतीय कुर्सीमा मृत्युदण्ड दिइएको थियो।

टेडकाे बाल्यकाल

टेडकाे बाल्यकाल कष्टपूर्ण थियाे। किनकि टेडकाे अवैध जन्मलाई लुकाउन आमा लुइसले टेडलाई भर्मन्टकाे एक अविवाहित आमाहरूकाे घरमा डेलिभर गरिन्, उनीलाई त्यहीँ राख्न भनिन्। र केही महिनापछि भने आफ्ना आमाबुबाकहाँ पठाइन्। टेडकाे जन्मलाई लुकाउन उनको हजुरबुबा र हजुरआमाको धर्मपुत्रको रूपमा हुर्काइयाे। आमालाई बहिनी भनेर चिनाउन थालियाे।

टेड पाँच वर्षकाे हुँदा लुइसले एलेनोर बन्डीसँग विवाह गरिन् र टेडलाई आफूसँगै राख्न थालिन्। एलेनोरले पनि टेडलाई स्वीकार गरे र नाम दिन तयार भए। सुरूमा त टेडलाई त्याे कुरा मन परेकाे थिएन, विस्तारै बुबाकाे दर्जा दिन थाले।

लुइसकाे विवाहपश्चात टेडले बुबाकाे नाम त पाए तर श्रमिक परिवार भएकाले टेडकाे लालनपालनमा भने कमी भइरह्याे। उनी सानैदेखि लजालु तथा मेहनती थिए। तर जब उमेर बढ्दै गयाे, तब उनको चरित्र बद्लिँदै गयाे। उनी अरूकाे घरका झ्याल हेर्न मन पराउँथे र अरूबाट आफूले चाहेको चीजहरू कसरी चोर्ने भन्नेबारे सोच्थे।

बन्डीले सन् १९७२ मा वासिङ्टन युनिभर्सिटीबाट मनोविज्ञानमा स्नातककाे अध्ययन पूरा गरेका थिए। युनिभर्सिटीमा हुँदा बन्डी क्यालिफोर्नियाकी एक धनी, सुन्दर युवतीसँग प्रेममा परे। उनीसँग टेडले चाहेको सबै कुरा थियो- पैसा, वर्ग र प्रभाव। तर जब उनीहरूकाे विछाेड भयाे, तब बन्डी निकै परिवर्तित बनिसकेका थिए। उनी सामाजिक तथा राजनीतिक मामिलामा आत्मविश्वास र सक्रिय हुँदै जान थाले। र अभियानमा काम गरेपछि वासिङ्टनका रिपब्लिकन गभर्नरबाट सिफारिसको पत्र पनि पाए।

कसरी बन्न पुगे सिरियल किलर?

बन्डी सामाजिक तथा राजनीतिक पक्षमा सबल बन्दै थिए, तर प्रेमिकासँगकाे विछाेडले भने उनी विक्षिप्त बनिरहे। उनी प्रेमिकाकाे खाेजी गर्न थाले। प्रेमिकाकाे खाेजी गर्दा पनि नभेटिएपछि टेडले लामो, कालो कपाल भएका केटीहरूलाई निशाना बनाउन थाले। जाे विल्कुल उनकाे प्रेमिका जस्तै देखिन्थे।

मनाेविज्ञान विषयअन्तर्गत उनले महिलाका मुड तथा कमजोरीहरूबारे अध्ययन गरेका थिए। साेही आधारमा उनी गाडीमा बेहाेस भएकाे बहाना बनाउँथे र महिलाहरूसँग सहयाेग माग्थे। जब महिला उनीसमक्ष सहयाेग गर्न आउँथे अनि टेडले उनीहरूकाे हत्या गर्थे।

पीडितहरू

बन्डीले सन् १९७० काे दशकमा अमेरिकाका विभिन्न राज्यहरूमा ३६ युवतीकाे हत्या गरेकाे स्वीकार गरेका थिए। तर अनुसन्धानमा खटिएका प्रहरीले टेडले १०० जनाभन्दा बढी मानिसकाे हत्या गरेकाे हुनसक्ने आशंका व्यक्त गरेका थिए। बन्डीले हत्या गरेकाे स्वीकार गरेपनि कहिलेदेखि मार्न थाले भन्नेबारे यकिन छैन।

कसरी समातिए?

सन् १९७४ मा बन्डी कानुन विषय अध्ययानका लागि अमेरिकी सहर यूटामा थिए। त्यसै समयदेखि नै यूटामा महिलाहरू गायव हुन थाले। उनी महिलाहरूलाई विभिन्न बहानामा प्रलाेभनमा फसाउने अनि अपहरण गरी बलात्कारपछि हत्या गर्दथे।

यस्तै सन् १९७५ मा टेडकाे अपहरणबाट भाग्न सफल क्यारोल डारोन्चले प्रहरीसमक्ष उजुरी गरिन्। उक्त उजुरीकाे आधारमा प्रहरीले टेडकाे खाेजी गर्याे। उनको गाडीको खोजी गर्दा चोरीका औजारहरू, अनुहारको मास्क, डोरी र हथकडीहरू फेला पर्‍यो। यी औजारहरू आधारमा उनी पक्राउ परेका थिए।

सजाय

टेडले सन् १९७५ मा अपहरण तथा हत्या गरेकाे आराेपामा एकदेखि १५ वर्षको जेल सजाय पाएका थिए। तर दुई वर्षपछि सन् १९७७ मा दुई पटक जेलबाट भागे। पहिलो पटक कोलोराडो युवतीको हत्याको आरोपमा उनलाई अभियोग लगाइयो। उनले यस मुद्दामा आफूलाई वकील नचाहिने र आफ्नाे मुद्दा आफैँ लड्ने निर्णय गरे।

त्यसपछि उनी अदालतको पुस्तकालयमा रहेकाे झ्यालबाट हाम फालेर भागे। उनलाई आठ दिनपछि पक्राउ गरिएको थियो।

उनी सन् १९७७ काे डिसेम्बरमा फेरि हिरासतबाट भागे। उनी पुन: आफ्नो सेलको छतमा बनाएको प्वालबाट बाहिर निस्किए। त्यसपछि उनी पुन: समातिए। उनलाई ३० जनाभन्दा बढीकाे हत्या आरोपमा मृत्युदण्ड सजाए सुनाइयाे।

बन्डीले अदालतमा मृत्युदण्ड सजायबारे अपील गरे, अमेरिकी सर्वोच्च अदालतले मुद्दालाई माथि उठाउने प्रयास गर्याे तर उनले अस्वीकार गरे। उनीलाई सन् १९८९ मा टेडलाइ मृत्युदण्ड दिइयो।

                                                                                                                                                             एजेन्सीकाे सहयाेगमा 

प्रकाशित मिति: : 2023-02-28 20:30:00

प्रतिकृया दिनुहोस्