आइतबार, १० अगस्ट २०२५

रामचन्द्र पौडेलले मागे रवि लामिछानेसंग भाेट

News Image
• • •

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले शनिबार लामिछानेको निवास हात्तिगौंडा पुगेर भेट गरेका हुन्।

कांग्रेसले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले रविलाई भेटेका हुन्।

भेटमा पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न सभापति लामिछानेसंग आग्रह गरेकाे र जवाफमा लामिछानेले पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएकाे जनाइएकाे छ।

शनिबार, फाल्गुण १३, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)