शनिबार, १६ अगस्ट २०२५

प्रदेश रङ्गशाला : सरकारी तवरबाटै काममा असहयोग !

रातोपाटी

रातोपाटी

पंखबहादुर शाही
News Image
• • •

१० औँ राष्ट्रिय खेलकुद आयोजनाको मिति तय भएसँगै कर्णालीको प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशालाको काम धमाधम भइरहेको छ । हालसम्म झन्डै ३० प्रतिशत काम सम्पन्न भइसकेको अवस्था छ । प्रदेश खेलकुद विकास परिषद्ले आयोजनाको लक्ष्य अनुसार नै कामहरू धमाधम गरेर संरचनाको जग उठाउने काम गरिसकेको छ । 

सरकारी तवरबाट भने रङ्गशाला निर्माणको काममा असहयोग भएको गुनासो आएको छ । बिहीबार प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको विज्ञान वातावरण तथा जलवायु परिवर्तन महाशाखाले रङ्गशाला निर्माणको ‘इआईए रिपोर्ट’ रिपोर्ट स्वीकृत नगराएको भन्दै प्रदेश खेलकुद विकास परिषद्लाई १० हजारको जरिवाना पत्र पठाएको छ ।

शनिबार, फाल्गुण १३, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)