शुक्रबार, १५ अगस्ट २०२५

सन्दीप लामिछाने आज युएई जाँदै 

News Image
• • •

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आज युएई (दुबई) प्रस्थान गर्दै छन्। युएईमा जारी आईसीसी त्रिकोणात्मक सिरिज खेल्नका लागि आज सन्दीप त्यसतर्फ जान लागेका हुन्।

सर्वोच्च अदालतले साेमबार लामिछानेलाई विदेश जान अनुमति दिएको थियाे। सर्वोच्चकाे आदेशसँगै अन्तर्राष्ट्रिय रुपमा क्रिकेट खेल्नका लागि सन्दीपलाई विदेश जान सहज भएको हो।

नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला युएईमा जारी त्रिकोणमात्क सिरिज खेल्न दुबईमा छ। सोही खेल खेल्नका लागि सन्दीप बुधबार युएई प्रस्थान गर्न लागेको सन्दीपका वकील सरोजकृष्ण घिमिरेले बताए।

'सन्दीप सम्भवत आज नै युएई प्रस्थान गर्नेछन्। लिग खेल्नका लागि उनको युएईको भिसा पनि आइसकेको छ', उनले बिएल नेपाली सेवासँग भने, 'म उहाँको बारेमा अहिले नेपाल क्रिकेट सघं क्यानसँग सहकार्य गर्दैछु।'

उच्च अदालत पाटनले गत पुस २८ गते तथ्य र प्रमाणका प्रतिवादीलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएको उल्लेख गर्दै रु २० लाख धरौटी माग थुनामुक्त गर्ने आदेश गरेको थियो। तर विदेश जान भने वञ्चित गरेको थियो। तर उनले साेमबार विदेश जान अनुमति पाएका हुन्।

बुधबार, फाल्गुण १७, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)