मङ्गलबार, ०५ अगस्ट २०२५

मध्यपहाडी लोकमार्ग निर्माण अलपत्र, कहाँ-कहाँ छ समस्या ?

रातोपाटी

रातोपाटी

सञ्जय रानाभाट
News Image
• • •

राष्ट्रिय गौरवको आयोजना मध्यको पुष्पलाल मध्यपहाडी लोकमार्गको पहाडी खण्डको काम अलपत्र परेको छ । पहाडबाट बसाइसराइ रोक्ने र पहाडी बजारहरूलाई सहर बनाउने उद्देश्यले सुरु गरिएको सडक खण्ड करिब दुई दशकसम्म पनि सम्पन्न हुन सकेको छैन ।

पहाडबाट सहरी क्षेत्रमा बसाइँ सर्ने दर बढ्न थाले पनि लोकमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइए पनि ठाउँ ठाउँमा निमार्ण कार्य अलपत्र बन्दा आयोजनाले मूर्त रूप लिन नसकेको हो । कास्कीको बाटुले चौर, अर्मला मैजा हुँदै मादी करिडोरसम्म जोड्ने एलाइनमेन्टको खोजी पनि बल्ल सकिएको छ । 

आइतबार, फाल्गुण २१, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)