
बिएल संवाददाता
दक्षिण मलावी र मोजाम्बिकमा भीषण चक्रवात फ्रेडीबाट दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ। मलावीमा एक सय ९० जनाको ज्यान गएको तथा मोजाम्बिकमा २० जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्।
मलावीमा पाँच सय ८४ जना घाइते भएका तथा ३७ जना बेपत्ता भएका छन् भने छिमेकी मोजाम्बिकमा २४ जना घाइते भएका छन्।
चक्रवातबाट जोगिएकाहरू प्रभावित क्षेत्रमा आफ्ना प्रियजनको खोजीमा लागेका छन्। मोजाम्बिकमा २२ हजारभन्दा बढी विस्थातिप भएका रेडियो मोजाम्बिकले जनाएको छ।
मालवीको प्राकृति संशाधन तथा जलवायु परिवर्तन मन्त्रालयले चक्रवात क्रमशः कमजोर हुँदै गएको जनाए पनि देशको दक्षिणी भागमा भारी वर्षा हुने चेतावनी दिएको छ। बाढीपहिरोको जोखिम बढेको जनाउँदै उक्त मन्त्रालयले सतर्कता अपनाउन देशवासीलाई आग्रह गरेको छ। आज साँझदेखि अवस्था सामान्य हुने अपेक्षा उक्त मन्त्रालयले गरेको छ।
आँधीबाट देशको राजधानी ब्लान्टायरमा व्यापक क्षति भएको छ। मङ्गलबार अपराह्नसम्म यहाँमात्र एक सय ५८ जनाको मृत्यु भइसकेको अधिकारीहरूले बताएका छन्। राजधानीका धेरै घर पहिरामा पुरिएका छन्।
देशभर करिब ६० हजार प्रभावित भएका छन्भने १९ हजारभन्दा बढी विस्थापित भएका छन्। विस्थापित भएकाहरूले गिर्जाघर र विद्यालयमा आश्रय लिएका छन्। प्रभावित क्षेत्रका पुल र सडक भत्किएका छन्। प्रतिकूल मौसमका कारण खोज तथा उद्धारका प्रभावित भएका छन्।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया