बिएल संवाददाता
मधेस प्रदेशबाट लगातार हिँडेरै १२ दिनमा काठमाडौँ आइपुगेका छन्, मिटरब्याज पीडितहरू।
मिटरब्याजले घरबास नै उठिबास बनाएपछि उनीहरू न्याय खोज्दै काठमाडौँ आएका हुन्। मिटरब्याज पीडितलाई सरकारले नसुनेपछि उनीहरू सडक–प्रदर्शन उत्रिएका छन्।
गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता गर्न आग्रह गरेका छन्। शर्माले उनीहरूकाे माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफूले कुरा राख्ने आश्वासन बताउँदै आन्दोलन फिर्ता गर्न आग्रह गरेका हुन्।
तर, पीडितहरुले भने स्वयम प्रधानमन्त्रीसँग भेटेर नै माग पूरा गर्न आग्रह गर्ने अडान राखेका छन्। त्यसपछि शर्माले प्रधानमन्त्रीसँग भेट्नका लागि आफूले समय मिलाउने र सकेसम्म छिटो प्रधानमन्त्रीलाई भेटाएर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँमा आएका मिटरब्याजी पीडितलाई काठमाडौँ महानगरले खुल्लामञ्चमा बस्नसमेत दिएन। अनि उनीहरू सडकपेटीमै सुतेर अहिले सडक प्रदर्शनमा छन्।
देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया