बिएल संवाददाता
कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल बार एसोसिएसनले १५ दिनभित्र पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन प्रक्रिया अघि बढाउन माग गरेको छ।
कामु प्रधानन्यायाधीशसमक्ष आज बारका अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वमा गएको टोलीले आज उक्त विषयमा ध्यानाकर्षण गराउँदै १५ दिनभित्र पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन प्रक्रिया अघि बढाउन माग गरेको हो। भेटपछि बारका अध्यक्ष घिमिरले बारले पूर्ण स्वचालित प्रणालीमार्फत १५ दिनभित्र पेसी व्यवस्थापन प्रक्रिया अघि बढाउने विषयमा ध्यानाकर्षण गराइएको जानकारी दिए।
भेटमा कामु प्रधानन्यायाधीश कार्कीले उक्त विषयवस्तु गम्भीर रहेको र एक हप्ताभित्र आफूले प्रक्रिया अघि बढाउने बताउनुभएको अध्यक्ष घिमिरेले जानकारी दिए। गत फागुन १३ र १४ गते वीरगञ्जमा सम्पन्न बारको १५ औँ राष्ट्रिय सम्मेलन तथा केन्द्रीय कार्यकारिणी परिषद्को ४८ औँ बैठकको निर्णयबमोजिम जारी घोषणापत्रमा पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन गर्न माग गरेको थियो।
कामु प्रधानन्यायाधीश कार्कीको नेतृत्व र बारको संलग्नतामा न्यायपालिकामा हुनसक्ने विकृति, विसङ्गति, अनियमितता र भ्रष्टाचार एवं विचौलियाबाट हुनसक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायसहितको प्रतिवेदनको कार्यान्वयन गर्न र स्वतन्त्र न्यायपालिकाको रक्षार्थ लामो आन्दोलनसमेत गरेको बारले स्मरण गराएको छ।
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया