जाे भारतदेखि नेपाल आएर मुद्राकाे महत्व दर्साउँदैछन् (भिडियाेसहित)

नेपाल मुद्रा सङ्कलक संघ र ‘दि न्युमिस्टिक साेसाइटी अफ कल्कता’ काे संयुक्त आयाेजनामा नेपालमा पहिलाेपटक अन्तर्राष्ट्रिय मुद्रा मेला २०२३  आयोजना भएकाे छ।

विभिन्न देशहरूमा छरिएर रहेकाे मुद्राहरू एकत्रीत गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय रूपमा आयोजना गरिएकाे मुद्रा मेला २७ मार्च अर्थात् सोमबारदेखि सुरु गरिएको हो। 

तीन दिनसम्म रहने उक्त मेलामा करिब २० वटा स्टलहरू राखिएका छन्। जसको प्रदर्शन नेपाल कला परिषद्मा सञ्चालनमा भइरहेको छ। त्यही प्रदर्शनमा थिए, भारतका कुनाल अग्रवाल। जो प्रदर्शनीमा आएका मानिसहरूलाई आफूले संकलन गरेका मुद्रा तथा बैंकनोट देखाउनमा व्यस्त थिए।

करिब दश वर्ष अघिदेखि मुद्रा संरक्षण गर्दै आइरहेका कुनाल मुद्रा संकलन गर्ने रूचीको विषय भएको बताउँछन्।

‘मुद्राले संकलन गर्नु मेरो रूचीको विषय हो। त्यसकारण म विभिन्न देशका मुद्राहरू संकलन गर्ने गर्दछु।’ आफूले राखेका नोटहरुलाई देखाउँदै उनले भने,‘ यस कारण त म धेरै खुसी छु र आन्दित महसुस गर्दछु।’

उनले भारतमा ‘पेपर मनी सर्टिफिकेसन सर्भिस’ नामको बैंकनोट ग्रेणिङ कम्पनी सुरू गरेको पनि आधा दशक भयो, तर उनीसँगभारतका नोटहरु मात्र नभई विश्वका सम्पूर्ण देशहरूको पुराना तथा फरक विशेषता भएका मुद्राहरू छन्।

‘यस संस्थाले विगतका मुद्राहरूको संरक्षण, संकलन तथा मुद्राको मापदण्डलाई उच्चस्तीय बनाउन भूमिका खेलेको छ,’ उनले भने, ‘मुद्राले देशको कला, संस्कृति तथा इतिहास बोकेको हुन्छ।’ 

आफूले संकलन गरेका पैसामध्ये नेपाली रूपैँया सबैभन्दा मन परेकाे बताउँदै उनी भन्छन् ‘ नेपाली नाेटहरूमा मुख्यतया मठमन्दिरहरू हुन्छन्। जुन मलाई सबैभन्दा मनपर्ने भाग हाे,त्यसैले म नेपाली रूपैँया संकलन गर्न रूचाउँछु।’

प्रस्तुत छ, इन्टरनेश्नल बैंकनाेट साेसाइटी मुम्बईका निर्देशक तथा वाेल्ड बैंक नाेट डभिजनका सदस्य कुनाल अग्रवालसँग गरिएकाे’ कुराकानीः

प्रकाशित मिति: : 2023-03-28 19:40:00

प्रतिकृया दिनुहोस्