कुशलको शतक र सोमपालको अर्धशतकीय इनिङमा नेपालद्वारा ओमानसामु ३ सय ११ रनको लक्ष्य प्रस्तुत

एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप अन्तगर्तकाे खेलमा नेपालले ओमानलाई ३ सय ११ रनको लक्ष्य दिएकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले पूरा ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३ सय १० रन बनाएकाे हाे।

याे नेपालकाे अहिलेसम्मकै उच्च स्काेर हाे।

नेपालकाे लागि कुशल मल्लले शतक तथा साेमपाल कामीले अर्धशतकीय इनिङ खेले। कुशलले ६४ बलमा ९ चौका र १० छक्काको सहयोगमा १ सय ८ रनको शतकीय इनिङ खेले।

त्यस्तै सोमपाल कामीले ४८ बलमा ६३ रनको अविजित अर्धशतकीय ईनिङ खेले। सोमपाल कामीले ४९ बलमा ७ चौकाको सहयोगमा अर्धशतक बनाएका थिए।

त्यसैगरी कप्तान रोहितले २३, भिम सार्कीले ३३, आरिफ शेख २९ तथा करण केसीले १५ रन बनाए।

ओमानका आयान खानले २ तथा बिलाल खान, कलिमुल्लाह खान, जिशान मकशुद, फायाज बट र जतिन्दर सिंहले समान १/१ विकेट लिए।

प्रकाशित मिति: : 2023-04-21 12:47:00

प्रतिकृया दिनुहोस्