महावीर पुनले किन गर्दैछन्, सामाजिक जनआन्दोलन ? (भिडियो)

गत शुक्रबार नेपाली नवप्रतिभाहरुले आविष्कार गरेको ‘यात्री’ मोटरसाइकललाई सरकारले दर्ता अनुमति नदिएको समाचार आएपछि राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आक्रोशित बने। नेपालमा वैज्ञानिक आविष्कारको क्षेत्रमा काम गरिहेका पुनले नेपालमा बनाइएको मोटरसाइकलले दर्ता अनुमति नपाएको र नवप्रतिभाहरु विदेश पलायन हुने अवस्थामा पुगेको थाहा पाएपछि सरकारलाई दर्ता प्रक्रिया मिलाइहाल्न आग्रह मात्रै गरेनन् सो काम नगरे आन्दोलन गर्ने चेतावनीसमेत दिए।

चेतावनी दिएको भोलिपल्ट (शनिबार) नै पुनले ‘सामाजिक जनआन्दोलन’ गर्ने घोषणा गरिसकेका छन्। पुनले सामाजिक जनआन्दोलन गर्ने घोषणा मात्रै गरेका छैनन्। सरकारलाई ज्ञापनपत्र बुझाउँदै नेपालमा आविष्कार भएका सवारी साधनको दर्ता प्रक्रिया गर्न मिल्ने गरी कानुन बनाउन आग्रह गरेका छन्।

पुनले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर संघ र प्रदेशले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि १ प्रतिशत बजेट छुट्याउनुपर्ने माग राखेका छन्।

प्रधानमन्त्रीलाई भेटेसँगै सिंहदरबारमा रहेका सम्बन्धित मन्त्रालयहरुलाई यस विषयबारे ध्यानाकर्षण गराउन पुगेका पुनलाई बिएल नेपाली सेवाका संवाददाता रविन पुन मगर (आइडु)ले सामाजिक जनआन्दोलन किन गर्नु लाग्नुभएको भनेर सोधेका छन्:

भिडियाे :

प्रकाशित मिति: : 2023-04-25 17:30:00

प्रतिकृया दिनुहोस्