आइतबार, १० अगस्ट २०२५

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ

News Image
• • •

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मुख्यमन्त्री पाण्डेलाई शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराएका हुन्।

मुख्यमन्त्री पाण्डेसँगै दुई मन्त्रीले पनि सपथ लिएका छन्। माओवादीबाट शुशीला सिम्खडा र कांग्रेसबाट सरस्वती अर्यालले विना विभागीय मन्त्रीको सपथ लिएका हुन्।

पाण्डे संविधानको धारा १६८ को उपधार २ बमोजिम बिहीबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

शुक्रबार, बैशाख १५, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!