इतिहास रच्ने दिनकाे पर्खाइमा नेपाल, भाेलि हुने फाइनल खेल वर्षाले रद्द भए के हुन्छ ?

वर्षाका कारण कुवेतसँगको सेमिफाइनल खेल बिचमै स्थागित भएपछि डिएसल मेथडमार्फत एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपको फाइनलमा प्रवेश गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोलि (सोमबार) उपाधिको लागि युएईसँग प्रतिस्पर्धा गर्दा गर्दैछ।

दुबै बलिया टिमबीच हुने फाइनल प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ। नेपाल र युएई अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा हालसम्म १३ पटक आमनेसामने भएको छन्, जसमध्ये नेपालले ७ खेलमा जित हासिल गरेको छ। भने, युएईले ६ खेल जिते छ। त्यसैले पनि नेपाल र युएईबीचको खेल कडा हुने निश्चित छ।

दुबै टोली एसीसी प्रिमियर कपकाे च्याम्पियन बन्दै आगामी सेप्टेम्बरमा हुने एसियन कपमा छनौट हुने लक्ष्यसहित मैदानमा उत्रिदैछन्। त्यसैले भाेलि हुने फाइनल खेल निकै महत्वपूर्ण मानिएको छ।

यद्यपि, रोमाञ्चक हुने अनुमान गरिएको फाइनल प्रतिस्पर्धामा वर्षा बाधक हुने आशंका गरिएको छ।

काठमाडौँमा शनिबारदेखि नै छिनछिनमा वर्षा भइरहेको छ, जसका कारण शनिबार नेपाल र कुवेत तथा युएई र ओमानबीचको सेमिफाइनल खेल प्रभावित भएका थिए। भने, आइतबार ओमान र कुवेतबीचको खेल पनि बिचैमा रद्द भएको छ।

मौसम पूर्वअनुमान महाशाखाअनुसार काठमाडौँलगायत क्षेत्रमा दुई/तीनसम्म वर्षा कायम रहनेछ। यदि सोमबार वर्षा भएर नेपाल र युएईबीचको फाइनल खेल रद्द भए के होला ?

सोमबार हुने नेपाल र युएईबीचको फाइनल खेल वर्षाको कारण रद्द भए, साे प्रतिस्पर्धा  मंगलबार हुनेछ। मंगलबार पनि खेल वर्षाको कारण प्रभावित भएमा खेल सुपर ओभरमा जानेछ।

सुपर ओभर पनि हुन नसक्ने गरी वर्षा भएको अवस्थामा ओडिआई वरियताअनुसार डिएसल मेथडका आधारमा विजेता घोषणा गरिनेछ। सो मेथडअनुसार जुन देश ओडिआई वरियतामा आगडि छ, त्यो देश विजेता बन्नेछ।

यस्तो अवस्थामा नेपाल स्वत: एसीसी कपको विजेता राष्ट्र बन्दै एसिन कपको लागि छनौट हुनेछ। ओडिआई् वरियतामा नेपाल १४औँ स्थानमा छ भने युएई १९औँ स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2023-04-30 18:05:00

प्रतिकृया दिनुहोस्