बिएल संवाददाता
नेकपा (एमाले) सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपालीलाई नक्कली भुटानी शरणार्थ बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेकाे आरोपमा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भए पनि प्रहरीले उनलाई अहिलेसम्म पक्राउ गरेको छैन्।
पक्राउ पुर्जी जारी गर्दा गृह जिल्ला कार्यालय अर्घाखाँचीमा आयोजित एक विद्यालयको हिरक समारोहमा सहभागी रहेका उनी अहिले काठमाडौँ हिँडेका छन्। बुधबार नै पक्राउ पुर्जी जारी भइरहँदा उनले विद्यालयको हिरक समारोहको सम्बोधन गरे।
विद्यालयको हिरक समारोह सकेर सदरमुकाम सन्धिखर्क आएका रायमाझी सभामुख देबराज घिमिरेसँगै काठमडौँ हिँडेका छन्। उनी दिनभर अर्घाखाँचीमा रहे पनि जिल्ला प्रहरी अर्घाखाँचीले पक्राउ गर्न सकेन्।
काठमाडौँमा पक्राउ पुर्जी जारी भए पनि आफूहरुसमक्ष पक्राउको लागि आदेश नआएको कारण पक्राउ नगरिएको अर्घाखाँची जिल्ला प्रहरी प्रमुख डिएसपी मुकुन्दप्रसाद रिजालले बताए।
‘काठमाडौँ अदालतले पक्राउ पुर्जी त जारी गरेको हाे तर यहाँ पक्राउ गर्न भनेर आदेश आएको छैन, आदेश नआएसम्म पक्राउ गर्ने कुरा भएन्,’ डिएपी रिजालले भने,‘अहिलेसम्म सबै कामहरु प्रक्रियामा छन्, यहाँ पनि आदेश आउला तर उहाँ यहाँबाट हिँडिसक्नु भयो भन्ने सुनेको छु।’
रायमाझी अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया