बुधबार, २७ अगस्ट २०२५

फिल्म ‘हुक्का’ हेर्नेलाई अन्नपूर्ण केबल कार चढ्दा २५ प्रतिशत छुट

News Image
• • •

शुक्रबार (भोलि) बाट रिलिज हुने फिल्म हुक्का: एन एब्सर्ड ड्रिमले पोखरास्थित अन्नपूर्ण केबल कार र उडी एडभेन्चरसँग सहकार्य गर्दै दर्शकका लागि वाच एण्ड वीन अफर ल्याएको छ। यो अफरमा खल्तीको डिजिटल टिकेटिङ सहकार्य छ।

अफरअनुसार दर्शकले फिल्म हुक्काको प्रत्येक टिकट किन्दा अन्नपूर्ण केबल कार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। यो सुविधा नेपाल भरका दर्शकमा लागु हुनेछ।

त्यस्तै फिल्म हेरेपछि ह्याजट्याज नेपाली मुभी हुक्का १२ लेखेर फोटो अपलोड गर्ने ६ जनाले उडी एडभेन्चर साइक्लिङ, स्विङ र जिपलाइन, अन्नपूर्ण केवलकारको निःशुल्क टिकट र पोखराको सेदीस्थित कल्चर रिसोर्टमा २ दिनको लजिङ र फुडिङको सुविधा पाउनेछन्। यसका लागि दर्शकले फिल्मको टिकट सुरक्षित राख्नुपर्नेछ। यो सुविधा असोज २८ गतेसम्म रहेको छ।

शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगलगायत कलाकारको अभिनय छ।

सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्ममा सन्तोष र भगवान पौडेलको पटकथा छ। रेश्मा प्रधान सह-निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन्। फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन्।

बिहिबार, जेठ ११, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)