संविधानको सात वर्ष: पूर्ण पालनाको प्रश्न

हिमाल खबर

काठमाडौँ

संविधानलाई देशको मूल कानून भनिन्छ। सरकारका तह, निकाय र अङ्गहरूको संरचनादेखि राज्यको शक्ति बाँडफाँड, नियन्त्रण र सन्तुलनको स्पष्ट खाका कोरिएका प्रावधानहरूको सँगालो नै संविधान हो। नेपालका लागि पहिलो संविधान २००४ सालमा राणा सरकारको पालामा बनेको थियो, नेपाल सरकार वैधानिक कानून, २००४। हाल प्रचलनमा रहेको नेपालको संविधान, २०७२ सातौं संविधान हो। 

संविधानसभाबाट निर्मित यो पहिलो संविधान प्रगतिशील दस्तावेजका रूपमा छ। प्रगतिशील मौलिक हक, अधिकारहरूको सुनिश्चितता गरेको यो संविधानले समावेशिता तथा तीन तहको स्पष्ट संघीय संरचनाको व्यवस्था गरेको छ। तर, यसको पूर्ण रूपमा कार्यान्वयन अझै हुन सकेको छैन। यो हाम्रो कमजोरी हो, यसको दोष संविधानलाई दिन मिल्दैन। तसर्थ, असोज ३ मा सातौं संविधान दिवस मनाउँदै गर्दा हामीले संविधान कार्यान्वयन गर्न ताजा सङ्कल्प लिनुपर्छ।

प्रकाशित मिति: : 2023-06-05 10:06:00

प्रतिकृया दिनुहोस्