नयाँ पत्रिका दैनिक
गत १७ वैशाखमा वीर अस्पतालको मेडिकल वार्ड भवनको पर्खाल भत्किँदा आइसियूमा उपचाररत बिरामीका पाँच कुरुवा घाइते भए । आइसियूनजिकै भुइँमा आराम गरिरहेका अंशु चौधरी, धनेश्वर पन्थी, श्यामा देवी, रिना झा चौधरी र बहुवा देवीलाई पर्खाल भत्किएर खसेको इँटा र जस्तापाताले ढाड र टाउकोमा चोट लागेको थियो । केही महिनाअघि पनि पर्खाल भत्किँदा १० जना कुरुवा घाइते भएका थिए ।
तर, कुरुवा घाइते हुने गरी भत्किएको पर्खाल अहिलेसम्म मर्मत भएको छैन, जब कि त्यही धराप पर्खालमुनिको जोखिमपूर्ण भुइँमा अन्य बिरामीका कुरुवाले अहिले पनि आश्रय लिइरहेका छन् । अस्पतालले भने ०३४ मा बनेको मेडिकल भवनको चौथो तलाको पर्खाल पानी पर्दा गलेर इँटा झर्ने गरेको, तर उक्त भवन भत्काउने योजना रहेकाले मर्मत नगरिएको बताएको छ ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया