साेमबारदेखि सम्पर्कविहीन भएका रेग्मी जलेको अवस्थामा भेटिए

डिल्ली शाही

नेपालगञ्ज

नेपालगञ्जको भालुखोला जंगलमा एकजनाको शव भेटिएको छ। शव नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ निवासी रविन्द्र रेग्मीको रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ। 

सोमबार दिउसो साढे दुई बजेतिर घरबाट निस्किएका रेग्मीको मंगलबार बिहान राप्तीसोनारी–९ भालुखोला जंगल स्थित पूर्वपश्चिम राजमार्गको दक्षिणपट्टि शव फेला परेको हो।

सोमबार राती करिब साढे दश बजेदेखि मोबाइल स्वीचअफ भएपछि खोजीका लागि गम्भीर भएको परिवारस्रोतले जनाएको छ। रेग्मी आदर्श माविका अर्थशास्त्रका प्राध्यापक र महेन्द्र बहुमुखी क्याम्पसका लेक्चरर समेत हुन्।  ४२ वर्षीया रेग्मीले नेपालगञ्जमा उद्योग सञ्चालन गर्दै आईरहेका थिए। प्रत्यक्षदर्शीका अनुसार शरिर जलेको अवस्था देखिन्छ, घटना कसरी के भएको होला?भन्ने अनुमान गर्न कठिन रहेको छ।

‘रेग्मी घरबाट मिटिङ्गमा जानु छ भनी भे.६.प. ८२२४ नम्बरको मोटरसाइकमा गएको देखिन्छ’ प्रहरीले भने, ‘मोटसाइकल राप्तीसोनारी—९ भालुखोला जंगल स्थित पूर्वपश्चिम राजमार्ग छेउमा पाकिङ्ग गरी राखिएको थियो।’ मोटरसाइकल पाकिङ्ग गरेको १ सय मिटर दक्षिण तर्फ जंगलमा जलेको अवस्थामा शव भेटिएको बाँके प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौले बताए। तर ‘रेग्मीको शरिर जलेको अवस्थामा छ। आत्महत्या वा हत्याको विषयमा प्रहरीले अझै टुङ्गयाउन सकेको अवस्था छैन।’

प्रहरीले घटनाको बारेमा पोष्टमाटमको रिपोट नआएसम्म कुनै जानकारी नहुने इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए। प्रहरीका अनुसार रेग्मीले लगाएको हेल्मेट नभेटिएकोले शंकाको घेरामा राखेर अनुसन्धान गर्न लागेको बताए। सिसि टिभिमा हेर्दा हेल्मेट लगाएको देखिन्छ तर घटना स्थलमा भने हेल्मेट छैन। यस विषयमा गम्भिर भएर अनुसन्धानमा लागेको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी तिवारीले जानकारी दिए।

प्रकाशित मिति: : 2023-06-06 18:50:00

प्रतिकृया दिनुहोस्