बुधबार, २० अगस्ट २०२५

आफ्नाे १४ दिने शिशुलाई हत्या गर्ने युवक पक्राउ

सांकेतिक फाेटाे
• • •

आफ्नाे १४ दिने शिशुकाे हत्या गरी फरार भएका बाराकाे देवताल गाउँपालिका– ४ तिप्राडीका २५ वर्षीय नुर आलम अन्सारी पक्राउ परेका छन्।

यही जेठ १४ साँझ ७ बजे आफ्नाे १४ दिने शिशुकाे हत्या गरी भागेकाे अन्सारीलाई काठमाडाैँ उपत्यका अपराधान अनुसन्धानकाे टाेलीले मंगलबार साँझ ढुङ्गेअड्डाबाट पक्राउ गरेकाे हाे।

उनलाई थप अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएकाे प्रहरीले जनाएकाे छ।

शिशुकाे हत्या गरी फरार भएका उनलाई खाेजतलास गर्नु भन्दै जिल्ला प्रहरी कार्यालय बारामा उजुरी परेकाे थियाे।

बुधबार, जेठ २४, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)