शुक्रबार, १५ अगस्ट २०२५

सन्दीप र दीपेन्द्रले ग्लोबल टि- २० लिग खेल्ने

फाइल तस्बिर: दीपेन्द्रसिंह ऐरी
• • •

नेपाली राष्ट्रिय क्रिकेट टाेलीका खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा हुने ग्लोबल टि- २० लिग खेल्ने भएका छन्।

आगमाी जुलाई २० तारिखदेखि हुने तेस्रो संस्करणको ग्लोबल टि- २० लिगकाे लागि मंगलबार राति भएको ड्राफ्टमार्फत सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाई मोन्टरियल टाइगर्सले अनुबन्ध गरेका हुन्।

ग्लोबल टि- २० लिग सन्दीप लामिछानेले पहिले पनि खेलेका थिए। दीपेन्द्र भने पहिलाे पटक अनुबन्ध भएका हुन्।

ग्लोबल टि- २० लिग सन् २०१८ देखि सुरु भएको हो।

बुधबार, जेठ ३१, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)