एन्फा यु-१६ लिग असार ३० गतेबाट

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी असार ३० गतेबाट यु–१६ लिग सुरु गर्ने भएको छ।

एन्फा र ए डिभिजन क्लबबीच आइतबार बसेको बैठकले एन्फा यू–१६ लिग असार ३० गतेबाट सुरु गर्ने निर्णय गरेको हो।

यसअघि तय भएको ८ जुलाईमा विभिन्न विद्यालयमा परीक्षा हुने भएकाले लिगको नयाँ मिति आइतबार तय भएको हो। क्लबहरुले जुन २७ सम्म आफ्ना टोलीहरू दर्ता गर्नुपर्नेछ भने जुलाई ९ सम्म खेलाडीरुको दर्ता तोकिएको छ।

सो लिगलिगका खेलहरू जुलाई १० मा ड्र हुनेछन्। यु-१६ लिगको खेल शुक्रबार वा शनिबार वा सार्वजनिक बिदामा खेलाइनेछ।

लिगका लागि सहभागी क्लबलाई तयारीका लागि तीन लाख रुपैयाँ उपलब्ध गराउने एन्फाले जनाएको छ।

प्रकाशित मिति: : 2023-06-25 17:45:00

प्रतिकृया दिनुहोस्