सहकारी पीडितहरूले चर्काे आक्रोश पाेखेपछि 'आँसु पुछ्न' माइतीघर पुगे रवि (भिडियाे)

सहकारी पीडित राधा महर्जनले बिएल नेपाली सेवामार्फत् आफू ठगिएकाे गुनासो गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अन्ततः माइतीघर पुगेका छन्।

पीडित महर्जनले आफूहरू सहकारीबाट ठगिएर सडकमा छट्पटिँदासमेत रवि लामिछानेहरू माइतीघरमा भेट्न नआएको भन्दै सोमबार आक्रोशपूर्ण अभिव्यक्ति दिइएको थिइन्। उनले आक्रोशसहितकाे गुनासो गरेको भिडियो ‘भाइल’ भएपछि सभापति लामिछाने बुधबार साँझ माइतीघर पुगेका हुन्।

घाम अस्ताएपछि सहकारी पीडितहरूलाई भेट्न सुटुक्क माइतीघर पुगेका रविले आन्दोलनमा साथ दिने बचन दिएका छन्।

सोमबारको भिडियोमा सहकारी पीडित महर्जनले रवि लामिछाने भगौडा भएको, उनकै श्रीमती निकिता पाैडेलले सहकारीको पैसा खाएर भागेकोजस्ता आरोप लगाएकी थिइन्। तर माइतीघर पुगेका रविले ती सबै आरोपको खण्डनसमेत गरेका छन्।

पहिलेको भिडियो :

अहिलेको भिडियो :

प्रकाशित मिति: : 2023-06-28 21:55:00

प्रतिकृया दिनुहोस्