
बिएल संवाददाता
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्ने बताएका छन्।
पार्टी निकट जनवर्गीय सङ्गठनको आज आयोजित संयुक्त भेलामा अध्यक्ष थापाले मुलुकको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै राजसंस्थाको औचित्य र आवश्यकताबारे पार्टीको नितिमा पुनर्विचार गरिने स्पष्ट पारे।
पार्टीले राजसंस्थालाई तत्काल कार्यनीतिमा नराखेको भए पनि केन्द्रिय समिति बैठकमा व्यक्त धारणा र देशभरिका कार्यकर्ताको भावनाको सम्मान गर्दै सो संस्थाको पक्षमा निर्णय लिन सक्ने संकेत गरे।
अध्यक्ष थापाले ठूला दलले मुलुकको समस्यालाई निकास गर्न नसकेकाले राजनीतिप्रति जनताको चरम वितृष्णा रहेको र नयाँ शक्तिको रुपमा आएका पार्टी सत्ता केन्द्रित भएकाले आफ्नो पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए।
उनले सबै जनवर्गीय सङ्गठनलाई केन्द्रित हुन निर्देशन दिँदै भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तन र कुशासनको विरुद्धमा जनतालाई सचेत गरी उनीहरुको पक्षमा दृढतापूर्वक क्रियाशील हुन आग्रह गरे।
राप्रपा नेपाल असल विचार, निष्ठावान् कार्यकर्ता र इमान्दार नेतृत्वको बलमा उठ्ने र आगामी दिनमा एउटा शक्तिशाली वैकल्पिक शक्ति बनाएरै छाड्ने उनको भनाइ थियो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया