मङ्गलबार, ०५ अगस्ट २०२५

मिटरब्याज पीडितसम्बन्धी विधेयक फेरि ल्याउँछौँः सञ्चारमन्त्री शर्मा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले फेरि मिटरब्याजसम्बन्धी विधेयक ल्याउने बताएकी छिन्।

काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले जुनकुनै हालतमा पनि फेरि विधेयक ल्याएर मिटरब्याज पीडितलाई न्याय दिलाएर छाड्ने बताइन्। 

उनले विधेयक ल्याउँदा कसैलाई नाफा घाटाको कुरा नसोचिने पनि बताइन्। ‘सरकारले विधेयक फेरि ल्याउँछ। सरकार विधेयक ल्याउँदा मिटरब्याजी साहु घाटामा गयो नाफामा गयो भन्नेमा छैन,’ मन्त्री शर्माले भनिन्, ‘हामी जनताको पक्षमा छौँ। जतना मार्नेहरूलाई घाटा नाफा भन्दा पनि पीडितलाई न्याय दिलाएर छाड्छौँ।’ 

सरकारले मिटरब्याज पीडितलाई न्याय दिने गरी संसदमा दर्ता गराएको विधेयक प्रतिपक्षदले संसद अबरुद्ध गर्दा निष्कृय भएको छ। निष्कृय भएको उक्त विधेयक पुनः ल्याउन मन्त्री शर्माले बताइन्।

शुक्रबार, असार २२, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!