बिएल संवाददाता
संस्कृत विश्वविद्यालयमा भइरहेको तालाबन्दीको विषय संसदमा उठेको छ। नेकपा एमालेकी सांसद ईश्वरी जीएमले आइतबार संसदमा बोल्दै तालाबन्दीको विषय उठाएकी हुन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सेवा आयोगमा गरेको तालाबन्दीका विषयमा विरोध जनाइन्। उनले भनिन्, ‘विश्वविद्यालयलाई आवश्यक दक्ष जनशक्ति आपूर्ति गर्नका लागि स्थापित सेवा आयोगले सञ्चालन गर्न लागेको परीक्षा विभिन्न बहानामा रोक्ने कार्यमा, सरोकार नराख्ने पक्ष लाग्नु दुर्भाग्य हो।’
यस्तै सांसद जीएमले नेविसंघले गरेको तालबन्दी अस्थायी करारमा नियुक्त हुने र पछि स्वतः स्थायी हुने विगतको परिपाटी दोहोर्याउने नियतले गरिएको बताइन्।
तालाबन्दी गर्ने नेविसंघलाई विश्वविद्यालयका प्रजातन्त्रवादी कर्मचारी संघले समर्थन गरेको भन्दै उक्त कर्मचारी संघको नेतृत्वलाई कारबाही गर्नसमेत जीएमले माग गरिन्।
उनले भनिन्, ‘विश्वविद्यालयलाई जो कोहीले पनि कुनै बहानामा तालाबन्दी गर्न नपाइने भनि ६ वर्ष अघि उच्च अदालत तुलसीपुरले गरेको फैसलाको उपेक्षा गर्दै तालाबन्दीलाई समर्थन गर्ने उक्त विश्वविद्यालयका प्रजातन्त्रवादी कर्मचारी संघको नेतृत्वलाई कारबाही गर्दै यथासिघ्र परिक्षा सुचना गर्न म सभामुखमार्फत सरकारसग माग गर्दछु।’
सेवा आयोगमा नेविसंघले विभिन्न माग राखेर साउन ९ गतेदेखि ताला लगाएको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया