बिएल संवाददाता
संस्कृत विश्वविद्यालयमा भइरहेको तालाबन्दीको विषय संसदमा उठेको छ। नेकपा एमालेकी सांसद ईश्वरी जीएमले आइतबार संसदमा बोल्दै तालाबन्दीको विषय उठाएकी हुन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सेवा आयोगमा गरेको तालाबन्दीका विषयमा विरोध जनाइन्। उनले भनिन्, ‘विश्वविद्यालयलाई आवश्यक दक्ष जनशक्ति आपूर्ति गर्नका लागि स्थापित सेवा आयोगले सञ्चालन गर्न लागेको परीक्षा विभिन्न बहानामा रोक्ने कार्यमा, सरोकार नराख्ने पक्ष लाग्नु दुर्भाग्य हो।’
यस्तै सांसद जीएमले नेविसंघले गरेको तालबन्दी अस्थायी करारमा नियुक्त हुने र पछि स्वतः स्थायी हुने विगतको परिपाटी दोहोर्याउने नियतले गरिएको बताइन्।
तालाबन्दी गर्ने नेविसंघलाई विश्वविद्यालयका प्रजातन्त्रवादी कर्मचारी संघले समर्थन गरेको भन्दै उक्त कर्मचारी संघको नेतृत्वलाई कारबाही गर्नसमेत जीएमले माग गरिन्।
उनले भनिन्, ‘विश्वविद्यालयलाई जो कोहीले पनि कुनै बहानामा तालाबन्दी गर्न नपाइने भनि ६ वर्ष अघि उच्च अदालत तुलसीपुरले गरेको फैसलाको उपेक्षा गर्दै तालाबन्दीलाई समर्थन गर्ने उक्त विश्वविद्यालयका प्रजातन्त्रवादी कर्मचारी संघको नेतृत्वलाई कारबाही गर्दै यथासिघ्र परिक्षा सुचना गर्न म सभामुखमार्फत सरकारसग माग गर्दछु।’
सेवा आयोगमा नेविसंघले विभिन्न माग राखेर साउन ९ गतेदेखि ताला लगाएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया