
बिएल संवाददाता
पोखरा महानगरपालिका वडा नं. ७ ले वातावरण संरक्षण तथा सरसफाइ पहिलो प्राथमिकता भएको जनाएको छ।
वडा अध्यक्ष राम मोहन आचार्यले वडा भित्र प्राकृतिक सम्पदा संरक्षण र वातावरण जोगाउन वडाले सक्दो प्रयास गरेको बताए।
अहिले वडा भित्रका २७ चौतारी पुन निर्माण गरि रुख नभएका चौतारीमा पिपल वर समि जस्ता धार्मिक महत्त्व तथा बढी अक्सिजन दिने खालका बिरुवा रोपेको बताए।
वडाले गरेको वातावरण संरक्षणको कार्यलाई नागरिक समाजका अध्यक्ष राम बहादुर पौडेललेले प्रशंसा गरेका छन्।
पहिलेका जनप्रतिनिधिले चौतारी हटाउन प्रयास गरेको र पछिल्लो समय नागरिक समाजले दिएको सल्लाह सुझावलाई मनन गरि अहिलेका जनप्रतिनिधिले प्राकृतिक सम्पदा र वातावरणको संरक्षणमा महत्त्वपूर्ण कदम चालेको बताए।
आ.व ७९/८० मा झण्डै एक करोड रुपैया खर्च गरेको जनाएको छ। मासबारमा रहेका चौतारीमा वर पिपल समि थियो भने थप बुटिक चौतारी निर्माण गरि चौतारामा आँप र डुम्रीको बिरुवा रोपि पन्चपल्लव (पाँच फरक वृक्ष) चौताराको निर्माण सम्पन्न गरेको छ। पन्चपल्लव हिन्दु परम्परा अनुसार विभिन्न कार्यमा प्रयोग हुने गर्दछ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया