
बिएल संवाददाता
चन्द्रकान्त राउत (सिके) नेतृत्वको जनमत पार्टीले शिवचन्द्र कुशवाहासहित पाँच जनालाई कारबाही गरेको छ। बुधबार बसेको पार्टी अनुसाशन समितिको बैठकले अनुसाशनहीन गतिविधि गरेको भन्दै कुशवाहासहित पाँच जनालाई कारबाही गरेको हो।
कारबाहीमा परेकाहरु केही सिमित अवधिको लागि निलम्बनमा परेका छन् भने कुशवाहा साधारण सदस्यसमेत नरहेको पार्टी उपाध्यक्ष तथा अनुसाशन समिति प्रमुख दीपककुमार साहले बताएका छन्।
कुशवाहामाथि पार्टीको अनुसाशनहीनता प्रदर्शन गरी पार्टी र नेतृत्वविरुद्ध लागेको आरोप छ। उनी गत वैशाख १० मा भएको उपनिर्वाचनमा बारा– २ बाट उम्मेदवार बनेका थिए।
उनी चुनावमा प्रतिस्पर्धा गर्नकै लागि माओवादीबाट जनमत प्रवेश गरेका थिए।
त्यस्तै गुलाब मण्डल र शङ्कर खड्कालाई निर्वाचनमा बागी उम्मेदवार बनेर पार्टीलाई असहयोग गरेको भन्दै १–१ वर्ष निलम्बन गरिएको छ।
भोपेन्द्र यादवलाई गुटबन्दी गरेको भन्दै ३ महिना तथा भगवानदास यादवलाई पार्टीको काम कारबाहीमा हो–हल्ला गरेको भन्दै १ वर्ष निलम्बन गरिएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया