
बिएल संवाददाता
अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी नवौ फिफा महिला विश्वकपको ११औं दिन आइतबार समूह चरणअन्तर्गत चार खेल भएका छन् ।
समूह 'ए'अन्तर्गत भएका अन्तिम दुई खेलमा नर्वेले फिलिपिन्सलाई ६-० ले पराजित गर्यो भने स्विट्जरल्याण्ड र सहआयोजक न्युजिल्याण्ड गोलरिहत बराबरी खेले । यी दुई खेलसँग समूह 'ए' बाट नर्वे र स्विष्टजरल्याण्ड अन्तिम १६ मा पुगे भने सहआयोजक न्युजिल्याण्ड र एसियाली टीम फिलिपिन्स समूह चरणबाटै बाहिरिए । स्विट्जरल्याण्ड ५ अैकका साथ शीर्षस्थानमा रहेर नकआउट चरणमा प्रवेश गर्यो । समान ४ अंक रहेका नर्वे र न्युजिल्याण्डमध्ये गोल अन्तरका आधारमा अन्तिम १६ मा पुग्यो । आज फिलिपिन्सविरूद्ध गरेको आधा दर्जन गोलले नै नर्वे नकआउट चरणमा पुग्यो । यही गोलले सहआयोजक न्युजिल्याण्ड भने समूहचरणबाटै बाहिरियो ।
अतिरिक्त समयको अन्तिम मिनेटमा जर्मनी स्तव्ध !
दोस्रो हाफको अतिरिक्त समयको सातौ मिनेटमा कोलम्बियाकी भानेगासले गोल गरेर जर्मनीलाई स्तव्ध पारिदिइन् । १-१ को बराबरीको स्थितिमा खेलिरहेको बेला यो नै निर्णायक गोल भयो । फुटबल पावर जर्मनीका लागि सन् १९९५ यता समूह चरणको यो पहिलो पराजय थियो ।
५२औं मिनेटमा कोलम्बियाकी क्यासडोले गोल गरेर गोलको खाता खोलेकी थिइन् । ८९ औ मिनेटसम्म अग्रता जोगाएर जीतको नजिक पुगेको कोलम्बियाले पेनल्टी दियो र त्यही पेनल्टीलाई जर्मनीकी पोपले गोलमा परिणत गर्दा खेल बरारबरीको स्थितिमा पुग्यो । तर, अतिरिक्त समयको अन्तिम मिनेटमा भानेगासको गोलले जर्मनी स्तव्ध भयो ।
यसैगरी आइतबार नै समूह 'एच' अन्तर्गत भएका दुई खेलमा मोरोक्कोले दक्षिण कोरियालाई १-० ले र कोलम्बियाले जर्मनीलाई २-१ ले पराजित गरेका छन् । यो समूहमा अझै तेस्रो खेल खेल्न बाँकि नै छ । दुई खेलको नतिजापछि दुबै खेल जितेर कोलम्बिया ६ अंकका साथ अन्तिम १६ मा पुगिसकेको छ भने दुबै खेल हारेकफ एसियाली टीम दक्षिण कोरिया समूह चरणबाटै बाहिरिएको छ । समान ३ अंकका साथ क्रमश: दोस्रो र तेस्रो स्थानमा रहेका जर्मनी र मोरक्कोमध्ये एक अन्तिम १६ मा पुग्नेछन् ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया