
बिएल संवाददाता
स्वीट्जरल्याण्डलाई हराउँदै स्पेन पहिलोपटक फिफा महिला विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
शनिबार न्युजिल्याण्डको इडनपार्कमा भएको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ५-१ ले पराजित गरेर क्वाटरफाइनलमा प्रवेश गरेको हो। स्पेनको लागि खेलको पाँचौ मिनेटमा ऐटाना बोनमाटीले गोल गरे स्पेनलाई अग्रता दिलाइन्। यता, खेलको ११औँ मिनेट लाइया कोडिनाले आत्माघाती गोल गरेपछि स्वीट्जरल्याण्डले खेललाई बराबरीमा ल्यायो।
त्यस्तै, खेलको १७औँ मिनेटमा स्पेनकी अल्बा रेडोन्डोले पुन स्पेनलाई अग्रता दिलाइन। स्पेनकी बोनमाटीले व्यक्तिग दोस्रो गोल गरेर खेललाई ३-१ मा ल्याइन्। यता, खेलको ४५औँ मिनेटमा कोडिना गोल गरेर आत्माघाती गोलको बदला लिइन्।
यता, खेलको ७०औँ मिनेटमा हरमोसोले अर्को गोल गरेर स्पेनलाई सफलता दिलाइन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया