‘बाँझो’ त पुरुष पनि हुन्छन्, तर महिलामात्रै ‘बाँझी’ !

मिनु गोले

काठमाडौं
BreaknLinks
BreaknLinks

‘बाँझोपनको समस्या लिएर आउनेमा पुरुषभन्दा बढी महिला हुन्छन्। पुरुषहरुले आफ्नो इज्जतमाथि दाग लाग्ने डरले चेक/जाँच गर्न शंकोच मान्ने गरेको पाइएको छ।’ प्रसुती तथा स्त्रीरोग बिशेषज्ञका डा. कृतिपाल सुवेदीले शनिबार एक कार्यक्रममा भनेका थिए।

शनिबार जनस्वास्थ्य छलफल समूहले ‘बाँझोपनको मारमा दम्पती’ शीर्षकमा गरेको अन्तरक्रियामा उनले पुरुषहरू बाँझोपनको चेक/जाँच गर्न शंकोच मान्ने गरेको बताए। उनकाअनुसार अझै नेपाली समाजमा बाँझोपनको समस्यामा पुरुषलाई भन्दा महिलालाई बढी दोष देखाउने, उपचारका लागि विवाहित दुबै अस्पताल नगई महिलामा मात्रै समस्या देखाउन अस्पतालमा जाने गरेका छन्।

अझै पनि अन्धविश्वसको लहैलहैमा लागि पुरुषहरुले आफ्नो इज्जतमाथि दाग लाग्ने भन्दै अस्पताल नआउने गरेको सुवेदीले बताए। उनले महिला र पुरुष दुबैमा बाँझोपनको समस्या बराबर हुने गरेको बताए। ‘हाम्रो समाजमा पुरुषलाई भन्दा पनि महिलाहरुमा बढी नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ। तर, बाँझोपनको समस्या महिला र पुरुष दुवैमा बराबर मात्रामा हुन्छ,’ उनले भने, ‘बाँझोपनको समस्या र यसबाट मुक्त हुन श्रीमान तथा श्रीमती दुबै जनाको भूमिका उत्तिकै रहन्छ।’

वीर अस्पतालका वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुर पनि बाँझोपनको समस्या महिना र पुरुष दुबै बराबर हुने गरेको बताउँछन्। ‘मेरै समास्या हो भनि धेरै जसो महिला मात्रै आउने गर्छन। यो हामीले धेरैमा देखिन्छौँ,’ उनले भने, ‘समस्या महिला र पुरुष दुवैमा बराबर हुने गर्छ।’

के हो बाँझोपन ?

कुनै पनि महिला पुरुष एक वर्षसम्मसँगै बसेर शारीरिक समबन्धमा रहँदा पनि बच्चा रहन गएन भने त्यसलाई बाँझोपन भनिन्छ। तर, नेपाली समाजमा कुनै पापका कारण, देवी–देउवाता रिसाएका कारण बाँझोपन हुने गरेको गतल सामान्यता समेत रहँदै आएको छ।

समाज शिक्षित हुँदै गएको भएपनि पढे लेखेका युवाहरुसमेत परम्परागत मान्यतामा रहँदा बाँझोपनको समस्या झनै बढ्दै गएको डाक्टरहरु बताउँछन्। अहिले पनि कयौँ दम्पतीहरु छोराछोरी नभएको भन्दै धामी–झाँक्रीमा गएर तान्त्रिक उपचार गर्ने गर्छन्।

तर, डाक्टरहरु बाँझोपन हुनु कुनै पापको कारण नरहेको बताउँछन्। महिला वा पुरुषका प्रजनन् अङ्गमा आएको खराबीका कारण गर्भाधान नहुने स्त्रीरोग विशेषज्ञका डा.सुवेदीले बताए।

महिलामा हुने समस्याहरु

– महिलामा पाठेघरको मुखमा समस्या देखिने, घाउ हुने, धेरै सेतो पानी बग्ने, पाठेघरमा मासु पलाउने जसले गर्दा पुरुषको शुक्रकिटलाई पाठेघरलाई जाना रोक्छ। र, शुक्रकिटलाई पाठेघर पुगे पनि मार्न सक्ने सम्भवना हुन्छ।

– डिम्बासयमा अण्डा बन्ने समस्या देखिन्छ। अण्डाको क्वालेटी (गुणस्तर) कम भएएपछि

– अण्डाको मात्रमा कम हुने हर्मोनको कारणले

– महिनावारीमा गडबड भइरहने जसले गर्दा बच्चा बस्ने सम्भवना हुँदैन।

– नलीहरु ब्लक भएमा

– सन्तुलित खानपनमा नभएमा

– केही महिलामा जन्मजात नै बाँझोपनको समस्या हुन्छ भने कतिपय अवस्थामा डिम्बाशयले निकालेको अण्डा तल झर्न पाउँदै।

– महिलाको उमेर धेरै भएको अवस्थामा डिम्बले आवश्यकताअनुसारको अण्डा उत्पादन गर्न सक्दैन। त्यसकारण पनि गर्भ रहन सक्दैन।

– धेरै पटक पेटको अप्रेसन गरिएको छ भने डिम्बाशय पेटमा टाँसिन्छ र अण्डा निस्कदैन।

– पाठेघरमा ट्युमर, विभिन्न किसिमका इन्फेक्सन हुँदा, गर्भनिरोधक औषधि बढी प्रयोग गर्दा तथा धेरै नै क्युरेट (अप्रेसन) गरिएको छ भने बाँझोपनको समस्या सिर्जना हुन्छ।

पुरुषका समस्या

 – शुक्रकिटको कमी, बनावट, गती, राम्रो नभएमा

– पुरुषहरुमा बच्चा हुँदामा हाडे रोग भएको छ भने वा चोटपटक लागेमा अण्डाकोषहरु सुकेर जाने हुन्छ। जसले गर्दा पुरुषको शुक्रकिट बन्नेमा समस्याहरु देखापर्छ।

– केही पुरुषमा जन्मजातै बाँझोपनको समस्या हुन्छ। यस्ता पुरूषमा शुक्रकिट नै उत्पादन हुँदैन।

– लिङ्गबाट सेतो पदार्थ निस्किए पनि त्यसमा शुक्रकिट भने हुँदैन। लिङ्ग र अण्डकोषबीचको नलीको खराबी र अण्डकोषको आकार निकै सानो भए पुरुषमा बाँझोपनको समस्या देखिन्छ।

– जिम गर्ने क्रममा बढी धेरै समय राखिएको खाना खाँदा, जंक फुड बढी खाँदा पनि बाँझोपन उत्पन्न हुुने सम्भवना देखिन्छ।

बाँझोपनको समस्या बढी कसलाई देखिन्छ ?

– भविष्यमा केन्द्रित भई व्यस्त रहने महिलाहरुमा निःसन्तानको समस्या बढी देखिन्छ।

– ढिलाे उमेरमा विवाह गर्दा पनि महिलामा निःसन्तानको समस्या देखिने गरेको छ।

– रक्सी, चुरोट प्रयोग गर्ने तनावपूर्ण वातावरणमा गर्ने कडा व्यायम गर्ने पुरुषहरुको पनि बाँझोपनको समस्या देखिन्छ।

– विदेशमा काम गर्न गएका पुरुषहरुमा शुक्रकिटको समस्या देखिन्छ।

बाँझोपनको समस्याबाट कसरी जोगिन सकिन्छ ?

– बाँझोपनको समस्याबाट बच्न स्वस्थकर जीवनशैली अपनाउनु सबैभन्द महत्वपूर्ण हुन्छ।

– खानपिनसँगै राति सत्ने र बिहान उठ्ने समयको तालमेल मिलाउनुपर्छ।

– धेरै तनावपूर्णमा वातावरणमा काम गर्नु हुँदैन।

– विवाहित महिलाले २५ वर्षदेखि सन्तानको योजना बनाउनु आवश्यक छ।

– अण्डा फ्रिजिङ्ग (जम्मा)गरेर राख्ने प्रविधिको सुविधा पनि छ। यसले ढिलो बच्च जन्माउनेलाई सहज बनाउँछ।

– पुरुषहरुले कडा खालको व्यायम नगर्ने।

– एक वर्षसम्म पनि सन्तान नभए तत्काल्यै चिकित्सकसँग परामर्श गर्नुपर्छ।

प्रकाशित मिति: : 2023-08-07 21:20:00

प्रतिकृया दिनुहोस्