मन्दिरा अधिकारी
सरकारले निजी विद्यालयहरुको माग नसमेटी शिक्षा विधेयक ल्याएको भन्दै सञ्चालकहरूले प्रर्दशन गरेका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोशिएसन (एन प्याब्सन), उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान) ले बिहीबार माइतीघरमा प्रदर्शन गरेका हुन्।
उनीहरूले आफ्नाे माग पूरा नभएसम्म आइतबारदेखि सबै विद्यालय बन्द गरेर सडकमा उत्रिने चेतावनी दिएका छन्।
शिक्षा कम्पनीमार्फत सञ्चालित विद्यालयलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व समावेश गरी निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्दै मास्ने नियत राखिएको उनीहरुकाे टिप्पणी छ।
नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालले शिक्षा मन्त्रालयले सरोकारवालासँग छलफल नगरेकोमा आपत्ति जनाए। सामुदायिक विद्यालयलाई राम्रो बनाए निजी विद्यालयको आकर्षण स्वतः घट्ने भन्दै आफूहरु गुठीमा आवद्ध हुन नचाहेको बताए।
‘एक त निजी विद्यालयलाई यस विषयमा नसोधी विधयेक बनाएर पेस गर्न लागेको छ। हाम्रो विद्यार्थीले छात्रावृत्ति पाएनन्,’ उनले भने, ‘गुठी कहिले निजी हुन सक्दैन, गुठीको परिभाषा हामीलाई राम्रोसँग थाहा छ। झुक्याउने प्रयत्न गर्नुहुँदैन।’
यससँगै निजी लगानीका शिक्षण संस्थाका सञ्चालकहरूले विद्यालय अनिश्चितकालीन बन्दसम्मका कार्यक्रम राखेर केही दिनयता चरणबद्ध आन्दोलन घोषणा गरेका छन्।






बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया