काठमाडौँ महानगरले भत्काएर असरल्ल छाडेको संरचनाको व्यवस्थापन कहिले? (फोटो फिचर)

गएको वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचमा स्वतन्त्र उम्मेदवार बालेन साह (बालेन्द्र) काठमाडौँको मेयरमा विजयी भए।

उनी विजयी भएदेखि नै काठमाडौंको सभ्यताको संरक्षणमा जुटेका छन्। जसस्वरुप उनी काठमाडौँका खोलाहरु उत्खननमा लागे।

सुरुमै राणाकालदेखि नै अतिक्रमणमा परेको टुकुचा खोला उत्खननमा बालेन डोजरसहित उत्रिए। उनले जय नेपाल हल छेउमा टुकुचाको उत्खनन् गरे।

तर खर्बौँको संरचनाहरुमा क्षति हुने भएपछि ठुलो विवाद भयो। त्यसपछि टुकुचा उत्खननबाट बालेन पछि हटे। तर जति उत्खनन गरे, ती सबै असरल्ल छन्।

टुकुचा मात्र होइन, बालेनले काठमाडौं क्षेत्रका विभिन्न ठाउँमा अतिक्रमित संरचनामा डोजर चलाउन रोकेका छैनन्। जुन काम स्राहनीय पनि छ।

तर जसरी उत्खनन् भएको छ, त्यसरी नै व्यवस्थापन हुनुपर्नेमा बालेनले व्यवस्थापन गर्न सकेका छैनन्। अतिक्रमित संरचनामा डोजर चलाएर बालेनले त्यसको व्यवस्थापन नगर्दा नागरिक त्यसको मारमा छन्।

बालेनले टुकुचा खोला, सामाखुशी खोलामा उत्खनन गरेर त्यसै छाडेपछि अहिले कपनमा उत्खनन गरिरहेका छन्। सामाखुशी खोलाको स्ल्याब (ढकन) हटाएपछि दुर्गन्ध फैलिएको छ। जसले गर्दा रोगको संक्रमणको डर छ।

साथै सामाखुशी खोला वारपार गर्न पनि समस्या भएको छ। विभिन्न ठाउँमा भत्काइएका संरचनाको काठमाडौँ महानगरसँग खास योजना छैन। महानगरका प्रवक्ता नवीन मानन्धर भने योजना बनाइरहेको बताउँछन्। तर कसरी व्यवस्थापन गर्ने भन्नेबारे उनी पनि भन्न सक्दैनन्।


धराप बन्दैछन्, बालेनले ढक्कन उघारेका खोलाहरू


हेर्नुहोस् महानगरले उत्खनन गरेर असरल्ल छाडेका संरचना:

महानगरले उत्खनन गरेर छाडेकाे टुकुचा खोला

महानगरले उत्खनन गरेकाे सामाखुसी खोला

कपनकाे साततलेस्थित उत्खनन गरिएकाे खहरे खोला

प्रकाशित मिति: : 2023-08-19 13:37:00

प्रतिकृया दिनुहोस्