एमसीसी परियाेजना कार्यान्वयन हुन नदिन जुम्लामा विप्लवनिकट नेकपाकाे प्रदर्शन 

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झाैता पूर्ण रुपमा खारेजीकाे माग गर्दै विप्लवनिकट नेपाल कम्युनिस्ट पार्टीले जुम्लामा विराेध प्रदर्शन गरेकाे छ।

प्रदर्शनका क्रममा नेपालमा एमसीसी कार्यान्वय परियाेजना एमसीए प्रमुख खड्गबहादुर विष्टको पुत्ला दहन गरिएकाे थियाे।

आउँदाे सेप्टेम्बरबाट नेपालमा एमसीसी परियाेजना लागू हुन लागेकाे हुनाले यसलाई राेक्नु नै देशकाे हितमा भएकाे नेकपा जुम्ला जिल्ला स्केटरी सफल सीले बताए।

'नेपालमा एमसीसी लागू भयाे भने देश साम्राज्यवादीकाे चंगुलमा फस्छ,' उनले भने, 'हाम्रो संविधान भन्दा माथि हुने परियाेजना कुनै पनि हालतमा लागू हुन दिनु हुन्न।'

जनपक्षीय शासन व्यवस्था समाप्त गर्न, चीन रुसलगायतका देशलाई घेर्न अमेरिकी साम्राज्यवादले एमसीसी परियाेजनाकाे जाल फिजाइरहेकाे उनकाे भनाई छ।

'यतिमात्र हाेइन बाैद्दिक सम्पत्ति समेत पूर्ण रुपमा अमेरिकी नियन्त्रणमा रहेने परियाेजनाले जनपक्षीय शासन व्यवस्था समाप्त पार्ने षड्यन्त्र बनाउँदैछ,' उनले भने।

नेपालमा एमसीसी परियाेजना लागू हुन नदिने विप्लव निकट नेकपाले देशव्यापी रुपमा संघर्षका कार्यक्रम निरन्तर चलाइरहकाे छ।

प्रकाशित मिति: : 2023-08-25 18:36:00

प्रतिकृया दिनुहोस्