
बिएल संवाददाता
पर्वतीय पथ प्रदर्शक संघ, नेपाल (माेगान)द्वारा पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकहरुको क्षमता वृद्धि गर्ने उद्देश्यसहित सञ्चालना गरिएकाे तीन दिने मौसम पूर्वानुमान, जिपिएस र नक्सा अध्ययनसम्बन्धी तालिम सम्पन्न भएकाे छ। तालिम मंगलबारदेखि बिहीबारसम्म सञ्चालन भएकाे थियाे।
माेगानले सस्टेनेबल टुरिजम फर लाइभलिहुड रिकभरी प्रोजेक्ट (एसटीएलआरपी)का नेपाल निर्देशक मनिराम लामिछानेको प्रमुख आतिथ्य र सस्टेनेबल टुरिजम फर लाइभलिहुड रिकभरी प्रोजेक्ट (एसटीएलआरपी)का निर्देशक धर्मराज दवाडीको विषेश आथित्यमा नेपाल पर्यटन वोर्डको हलमा तीन दिने मौसम पूर्वानुमान, जिपिएस र नक्सा अध्ययन तालिम समापन कार्यक्रमा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई सर्टिफिकेट वितरण गरेकाे थियाे। तालिममा १२५ जना पर्यटन श्रमिकहरुको सहभागिता रहेको थियो।
समापन कार्याक्रममा, ट्रेकिङ र हिमाल आरोहणकाे क्रममा माैसमको पूर्वअनुमान र नक्साकाे उपयाेग गरी यात्रालाई सहज र सुरक्षित बनाउन सकियाेस भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएकाे मोगानका अध्यक्ष सञ्जीव गुरुङले बताए। ‘तालिमले पर्यटन मजदुरहरुलाई मौसम पूर्वानुमान तथा भूगोलको नक्सा र जिपिएसमार्फत बाटो पत्ता लगाउन सहयोग पुग्नेछ,’ अध्यक्ष गुरुङले जानकारी दिए।
कार्यक्रममा बोल्दै, सस्टेनेबल टुरिजम फर लाइभलिहुड रिकभरी प्रोजेक्टका निर्देशक धर्मराज दवाडीले एसटीएलआरपी परियोजनाले छोटो अवधिको रोजगारी प्रदान गरी सबैभन्दा प्रभावित कामदारहरुको जीविकोपार्जनमा सहयोग गर्दै पर्यटन क्षेत्रको पुन:उत्थानमा योगदान पुर्याउने लक्ष्यसहित पर्यटन श्रमिकलाई विभिन्न तालिम दिँदै आएको बताए। यो तालिम पनि त्यसैको निरन्तरता रहेको उनकाे भनाइ छ।
यसैअनुरुप एसटिएलआरपीले पर्यटन क्षेत्रमा कार्यरत मजदुरहरुलाई पर्यटन बोर्डको सहकार्यमा सीप अभिवृद्धि तालिमहरूमा सहयोग गर्दै आएको छ। अगामी दिनमा पनि यस्ता सीपमुलुक तालिमहरु निरन्नतरता दिने उनले बताए।
त्यस्तै प्रमुख प्रशिक्षक दावाटाशी शेर्पाले याे तालिमले पर्यटन श्रमिकहरुलाई काम सुरक्षित र व्यवस्थित बनाउन सहयाेग पुग्ने बताउँदै कार्यक्रमा आयाेजना गरेकामा आयाेजक माेगना र नेपाल पर्यटन बाेर्डलाई धन्यवाद दिए।
सहभागी प्रशिक्षर्थीहरुले तालिम उत्कृष्ट रहेको र महत्वपूर्ण रहेकाे बताए। साथै सम्पूर्ण पद प्रदर्शकहरुले यो तालिम लिनुपर्ने बताए।
मोगानको आयोजनामा पर्यटन क्षेत्रमा कार्यरत मजदुरहरुलाई जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाको सहयोग तथा नेपाल पर्यटन बोर्ड (NTB)सँगको सहकार्यमा तालिम सञ्चालन गरिएको हो।
यसअघि मोगानले ६० जना पर्यटन क्षेत्रमा आबद्ध श्रमिकलाई तीन दिने मोबाइल फोटोग्राफी तालिम प्रदान गरेको थियाे।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया