
बिएल संवाददाता
मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली म्यान्मार पुगेकाे छ।
फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०१७ छनोटको प्रारम्भिक चरणको तयारीको लागि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो। खेल खेल भदौ २२ र २५ गते हुनेछ।
यस्तो छ नेपाली टोली :
गोलरक्षकः किरण कुमार लिम्बु, दिप कार्की, अविशेक बराल
डिफेन्डरः स्निस श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, छिरिङ लामा
मिडफिल्डरः एरिक विष्ट, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिशरत्न छुन्जु
फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया