बिहिबार, २१ अगस्ट २०२५

 नेपाल र म्यानमार बराबरीमा रोकियो

News Image
• • •

नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण खेल बराबरीमा रोकिएको छ। 

शुक्रबार यंगोन अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले पेनाल्टीमा चुक्दा खेल बराबरीमा रोकिएको हो। 

खेलको ५८औँ मिनेटमा नेपालले पेनाल्टी पाएको थियो जहाँ अन्जन पेनाल्टी गर्नबाट चुके। म्यानमारका गोलकिपर क्यान सजिन फियोले गोल रोके।

पहिलो हाफ दुवै टोलीले केही मौका पाए पनि सदुपयोग गर्न सकेनन्। दुई टोली बीच अर्को मैत्रीपूर्ण खेल सेप्टेम्बर ११ मा हुनेछ।

शुक्रबार, भाद्र २२, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)