बुधबार, १३ अगस्ट २०२५

एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

News Image
• • •

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

४८ सदस्यको हस्ताक्षरसहित एन्फाइतर पक्षले सोमबार उनीहरुविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको हो। अविश्वास प्रस्तावमा संस्थापन पक्षसँग असन्तुष्ट रहेका लिग खेल्ने क्लब, जिल्ला र केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका छन्।

सदस्यहरुले एन्फाको विधान धारा ३६ (३) अनुरुप एन्फाका ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विशेष साधारण सभा बोलाउनका लागि निवेदन दिएको बताएका छन्।

सोमबार, भाद्र २५, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!