मङ्गलबार, १२ अगस्ट २०२५

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय, सार्वजनिक बिदा दिने

News Image
• • •

सरकारले संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङकाे राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो।

सरकारले उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ।

संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए।

नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा निधन भएको हाे।

मंगलबार, भाद्र २६, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!