श्रीलंका एसिया कपको फाइनलमा

Photo : AP
Photo : AP

साविक विजेता श्रीलंका एसिया कपको फाइनलमा पुगेको छ। बिहीबार भएको खेलमा आयोजक पाकिस्तानमाथि रोमाञ्चक जित निकाल्दै श्रीलंकाले फाइनलमा भारतसँग भेट पक्का गरेको हो।

सुपर फोरको अन्तिम खेलमा श्रीलंकाले पाकिस्तानमाथि २ विकेटको जित निकाल्यो।

पाकिस्तानले दिएको २ सय ५३ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरमा पूरा गर्‍यो। वर्षाको कारण प्रभावित खेल ४२ ओभरमा झारिएको थियो।

श्रीलंकाको जितमा श्रीलंकाको कुसल मेन्डिसले ९१ तथा सदिरा समराविक्रमाले ४८ रन बनाए।

चरिथ असलंकाले ४९ रन बनाए।

रोमाञ्चक बनेको खेलमा श्रीलंकालाई जितको लागि अन्तिम ६ बलमा ८ रनको आवश्यकता थियो। पाकिस्तानका बलरले ४ बलमा २ रनमात्रै दिएका थिए। तर, पाकिस्तानले अन्तिम २ बल जोगाउन सकेन।

जितको लागि २ बलमा ६ रन आवश्यकता परेको बेला चरिथले पाँचौँ बलमा चौका र अन्तिम बलमा दुई रन लिएर श्रीलंकालाई फाइनलमा पुर्‍याए।

त्यसअघि ब्याटिङ गरेको पाकिस्तानले ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो।

अब उपाधिको लागि आइतबार भारत र श्रीलंका भिड्ने छन्।

एसिया कपमा पहिलो पटक सहभागी भएको नेपाल समूह चरणबाट बाहिरिएको थियो।

प्रकाशित मिति: : 2023-09-15 07:43:00

प्रतिकृया दिनुहोस्