मङ्गलबार, ०५ अगस्ट २०२५

नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित ४ भारतीय नागरिक पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

नेपालगञ्ज
फाइल तस्बिर
• • •

बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

जहाजमा काठमाडौँ जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन्।

उनीहरुले सेकेन्ड हेण्ड मोबाइल बनाउन काठमाडौँ जान लागेको जिकिर गरेका छन्। प्रहरीले चोरीको मोबाइल काठमाडौँमा बेच्न लैजान लागेको शङ्का गरेको छ।

भिभो, अपो, रेडमी, सामसुङ लगायतका कम्पनीको मोबाइल प्रहरीले बरामद गरेको हो। उनीहरु सबैलाई भन्सार पठाउने तयारी गरिएको प्रनाउ डाँगीले बताए।

बिहिबार, आश्विन ०४, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)